नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

सिद्धिचरण नगरपालिकाको ७७ करोड बढिको बजेट प्रस्तुत

ओखलढुङ्गान्युज । असार १०, ओखलढुङ्गा । जिल्लाको सिद्धिचरण नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ का लागि ७७ करोड भन्दा बढिको वार्षिक बजे प्रस्तुत गरेको छ । नगरपालिकाको विहिबार सुरु भएको आठौं नगर परिषदमा नगरपालिकाका उपप्रमुख ईच्छा कुमारी गुरुङले ७७ करोड १९ लाख २२ हजार ५ सय बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।

नगरसभामा सार्वजनिक गरिएको बजेट बक्तब्य अनुसार आगामी आर्थिक वर्षका लागि नगरपालिकाले चालु खर्च तर्फ १० करोड २० लाख रुपैया र पूजिगत तर्फ ६६ करोड ९९ लाख २२ हजार पाँच सय रुपैया विनियोजन गरेको सिद्धिचरण नगरपालिकाका प्रमुुख प्रशासकिय अधिकृत प्रविण कोईरालाले जानकारी दिए । प्रमुख प्रशासकिय अधिकृत कोईरालाका अनुसार आगामी आर्थिक वर्षका लागि नगरपालिकाले शिक्षालाई प्राथमिकता दिएको छ । शिक्षामा २१ करोड ३३ लाख, स्वास्थ्यमा ५ करोड ६२ लाख प्रस्तावित बजेट विनियोजन गरेको छ ।

त्यस्तै पूर्वाधार विकास तर्फ ९ करोड ७१ लाख ९५ हजार, सिंचाई तर्फ १ करोड १९ लाख ७१ हजार ८ सय ९०, सामाजिक सुरक्षामा १२ करोड ६६ लाख ६८ हजार बजेट विनियोजन गरेको छ । नगरपालिकाल आगामी आर्थिक वर्षका लागि विभिन्न टुक्रा शीर्षक दिएर सूचना प्रविधि सञ्चारका लागि समेत २१ लाख बजेट विनियोजन गरेको छ । सूचना प्रबिधी एवम् सञ्चारका लागि नगरपालिकाले विनियोजन गरेको बजेट हाल सम्मकै ठूलो हो । आगामी आर्थिक वर्षका लागि नगरपालिकाले लक्षित समूह विकास कार्यक्रमका लागि १५ लाख बजेट विनियोजन गरेको छ ।

नगर सभामा नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले आगामी आर्थिक वर्षका लागि नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । यस आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि प्राय पुरानै कार्यक्रमहरुलाई निरन्तरता दिईएको भएपनि नगरपालिकाका सरकारी कार्यालयहरुमा पेपरलेस बनाउने तथा प्रत्येक वडामा ल्याण्डलाई टेलिफोन सेवा विस्तार गर्ने भने नयाँ योजना नरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख रहेको छ ।