नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

सिन्धुपाल्चोकको बाढिमा परेका १९ जना अझै बेपत्ता

ओखलढुङ्गान्युज । असार ३, काठमाण्डौं । मंगलबार राति सिन्धुपाल्चोकमा आएको भिषण बाढिमा परेको १९ जना अझै सम्पर्क विहिन भएका छन् । वेपत्ता भएकाहरु मध्ये ३ जना चिनियाँ नागरिक, ३ जना भारतीय नागरिक र १४ जना नेपाली नागरिक रहेको  जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

विहिबार विहानसम्म एक चिनियाँसहित दुईजनाको शव फेला परेको  छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार सम्पर्कविहीन हुनेहरुमा हेलम्बु गाउँपालिका–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योति, ६६ वर्षीया टीका माया खड्का, ५५ वर्षीय ज्ञानेन्द्र कक्षपति, साँगाचोकगढी नगरपालिकाका २३ वर्षीय सुरेन्द्र नेपाल, हेलम्बु–६ का ५० वर्षीय च्याङा तामाङ, ४२ वर्षीया काली तामाङ, हेलम्बु–३ की ५० वर्षीया काली तामाङ, त्रिपुरासुन्दरी–१ का १९ वर्षीय विमल भनिने देव खत्री, १७ वर्षीय राम थापा छन्।

त्यस्तै, त्रिपुरासुन्दरी–१ कै १६ वर्षीय सुवास जिरेल, १६ वर्षीय कमल खत्री, रेशम लाल सार्की, हेमराज घिमिरे, भारतीय नागरिक कमल लोचन महतो, जय वासुमन्तरी, जिनडाओ  वासुमन्तरी र चिनियाँ नागरिक सुन यु चुवान, युचि झु र गोङ टियान छियो  रहेको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए । सहायक प्रमुख जिल्ला अधिकारी खनालका अनुसार गोङ टियान छियो भने मृत फेला परेका छन् । शब फेला परेका दुबैजना चीनीया नागरिक हुन् । सम्पर्क विहीन भएकाहरुको खोजीकार्य जारी रहेको छ।