नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

विशेष साबधानी अपनाउन प्रशासनको आग्रह

ओखलढुङ्गान्युज असार , ओखलढुङ्गा वर्षायाम सुरुवात हुदै गर्दा सुरुका दिनमा नै यसले देशका विभिन्न स्थानहरुमा वितण्डता मच्चाउन सुरुवात गरेको छ । मंगलबार देखी परेको अविरल वर्षातका कारण देशका धेरै जिल्लाहरुमा ठूलोमात्रामा भौतिक तथा मानविय क्षति गरेको समाचारहरु आउन थालेका छन् ।

अविरल वर्षात पश्चात आएको भल, पहिरो र बाढिका कारण बुधबार सबैभन्दा बढि सिन्धुपाल्चोकमा क्षति गरेको छ । मंगलबार देखी परेको पानीका कारण आएको बाढिले दर्जनौंको संख्यामा मानिसको मृत्युसँगै बेपत्ता भएका छन् भने अर्बौको भौतिक सम्पत्ती नष्ट गरेको छ । विपत्तिमा परेकाहरुको उद्धार र व्यबस्थापनको काम भैरहेको छ ।

यसै सन्दर्भमा बुधबार जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले पनि एक सुचना जारी गर्दै वर्षातका कारण आउने भलबाढीका कारण धनजनको क्षति हुनसक्ने भन्दै सतर्क रहन अपिल गरेको छ । वर्षातका कारण विशेषतः नदि, खोला आसपासका क्षेत्र र भिरालो जमिनमा रहेको क्षेत्र बढि जोखिमपूर्ण रहने भन्दै लिखु नदी, सुनकोशी नदी, दुधकोशी नदी किनारा र आसपासमा रहेका बस्तीका नागरिकहरुलाई विशेष शतर्कता अपनाउन अपिल गरेको छ ।

कारणवस कहिकतै प्राकृतिक विपत्ती आईलागेमा नजिकको स्थानीय तह, सुरक्षा निकाय तथा जिल्ला प्रशासन कार्यालय, जिल्ला स्थित सुरक्षा निकायहरुमा तत्काल खबर गर्न समेत प्रशासनले अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय ओखलढुंगाको अत्यन्त जरुरी सूचना ।_0001