नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

आजदेखी देशभर नयाँ शैक्षिक सत्र सुरु

ओखलढुङ्गान्युज । असार १, काठमाण्डौं । आज अर्थात असार १ गते देखि देशभरका विद्यालयहरुमा नयाँ शैक्षिक सत्र सुरुवात भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण गतवर्षदेखि नै समय तालिका प्रभावित भएकाले दुई महिना ढिला गरी असार १ देखि शैक्षिक सत्र सुरु हुन लागेको हो ।

असार १ देखी सुरुवात भएको शैक्षिक सत्रमा पनि कोरोना संक्रमण फैलन सक्ने त्रासका कारण भौतिक उपस्थितिमा पठनपाठन भने हुनेछैन । तर विद्यालयमा आजदेखि विद्यार्थीको नयाँ कक्षा प्रवेश, भर्ना तथा वैकल्पिक माध्यमबाट सिकाइ सुरु गर्नुपर्ने बताइएको छ । त्यस्तै असार १५ सम्म विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण गरिसक्नु पर्ने बताइएको छ ।

विद्यालयमहरुमा भर्ना तथा पाठ्यपुस्तक वितरणपछि वैकल्पिक माध्यमबाट पठनपाठन सुरु गर्नुपर्नेछ । कोरोना संक्रमण सामान्य नभएसम्म वैकल्पिक विधिको माध्यमबाट विद्यार्थीको सिकाइ सहजीकरण कार्य जारी रहने जनाइएको छ। यो शैक्षिक सञ कक्षा १ देखी कक्षा १० सम्म सुरुवात भएको हो ।