नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

ओखलढुङ्गामा निषेधाज्ञा असार ७ सम्म थप, बैंक तथा वित्तिय संस्था खुल्ने

ओखलढुङ्गान्युज जेठ ३१, ओखलढुङ्गा ओखलढुङ्गामा बैशाख २६ गते देखी लगाईएको निषेधाज्ञालाई शोमबार पुनः पटक थप गरिएको छ । शोमबार ओखलढुङ्गामा बसेको जिल्ला कोभिड १९ संकट व्यबस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले निषेधाज्ञालाई थप एकहप्ता लम्ब्याउने निर्णय गरेको हो ।

शोमबार बसेको डिसीसीएमसीको बैठको निर्णय अनुसार अब यो निषेधाज्ञा असार १ गते असार ७ गते राती १२ बजेसम्म लागू हुनेछ । डिसीसीएमसीको निर्णय अनुसार शोमबार नै जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै निषेधाज्ञा थप गरिएको जानकारी गराएको हो । निषेधाज्ञाको जारी गरिएको सूचना अनुसार निषेधाज्ञा अबधिभर यस अगाडी जारी गरिएको सूचना अनुसार नै हुनेछन् ।

शोमबार बसेको डिसीसीएमसीको बैठकले जिल्लामा सञ्चालनमा रहेका बैंक तथा वित्तिय संस्था सञ्चालनमा भने केही खुकुलो गरेको छ । शोमबारको निर्णय अनुसार बैंक तथा वित्तिय संस्थाहरु भने हप्ताका सबैदिन स्वास्थ्य मापदण्डलाई पूर्णरुपमा पालन गरि दैनिक विहान १० बजेदेखी १ बजेसम्म सञ्चालन हुनेछन् । बैंकहरु यस अगाडी हप्ताको तिन दिन मात्र सञ्चालनमा रहेका थिए । असार मसान्त आउदै गर्दा विकास निर्माणको काममा असर गर्ने र बैंकमा सेवाग्राहीको घुईचो लाग्न थालेपछि बैंकहरु भने हप्ताका सबैदिन खुला गर्ने निर्णय भएको हो ।