नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

निषेद्याज्ञाको अटेर गर्ने ५५ बढी सवारी प्रहरीको कारवाहीमा, ७ ओटा सरकारी  

ओखलढुङ्गान्युज । जेठ २९, ओखलढुङ्गा । ओखलढुङ्गामा निषेद्याज्ञामा जवरजस्ती सवारी चलाउने बुधबार मात्रै ५५ भन्दा बढी सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार सदरमुकाममा कोरोना महामारी नियन्त्रणको लागि जारी निषेद्याज्ञाको उलंघन गर्ने ती सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बुधबार निषेद्याज्ञा उलंघन गर्दै विभिन्न बहानामा सवारी चलाउने ५५ भन्दा बढी सवारी साधन तथा सवारी चालकहरुलाई प्रहरीले नियन्त्रणमा लिई होल्ड गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्दराज काफ्लेले बताए । निषेद्याज्ञा उल्लंघन गर्ने दैनिक औषत १५ सवारीलाई कारबाही गर्दै आएकोमा बुधबार ठूलो संख्यामा सवारी नियन्त्रणमा लिइ कारबाही गरेको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिए ।

बुधबार नियन्त्रणमा लिईएका सवारी साधन सबै मोटरसाईकल रहेका छन् । नियन्त्रणमा लिइएका मध्ये ७ वटा सरकारी मोटरसाईकल रहेको छ । ति सबै मोटरसाइकल प्रहरी कार्यालयमा होल्डमा राखिएको छ । नियन्त्रणमा लिईएको सवारी चोरीको पनि हुन सक्ने भएकोले अनुसन्धान गरी नियम अनुसारको कारबाही गरेर मात्रै छोडिने प्रहरी नायब उपरीक्षक काफ्लेले बताए । नियन्त्रणमा लिईएका अधिकांश मोटरसाईकल सदरमुकाम आसपासका रहेका छन ।

बिरामी लिई स्वास्थ्य संस्था हिंडेका र विशेष कामले आधिकारीक रुपमा अनुमति लिएर हिंडेकालाई भने प्रहरीले नरोकेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । निषेधाज्ञाका बाबजुद पनि पछिल्लो समय सुचनाको अटेर गर्दै मोटरसाइकल चलाउनेहरुको संख्यामा वृद्धि भएको थियो ।