नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

संक्रमितसँग शुल्क लिए अस्पतालको दर्ता खारेज

ओखलढुङ्गान्युज । जेठ २८, काठमाण्डौं । कोरोना संक्रमितहरुसँग शुल्क लिएमा अस्पतालको दर्ता नै खारेज गरिदिने सरकारले निजी अस्पतालहरुलाई चेतावनी दिएको छ । कोभिड–१९ उपचार सेवा सम्झौता गरेका निजी अस्पतालले कोरोना संक्रमितबाट शुल्क लिएको पाइएमा दर्ता खारेज गर्ने सरकारले चेतावनी दिएको हो ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै सरकारसँग सेवा सम्झौता गरेका निजी अस्पतालहरुले संक्रमितसँग शुल्क लिएको पाइएमादर्ता आरेज गर्ने चेतावनी दिएको हो । त्यसरी संक्रमितसँग शूल्क लिएको पाईएमा निःशुल्क कोभिड–१९ को सेवा प्रवाह गर्ने अस्पतालको सूचीबाट हटाउने, अस्पतालको दर्ता खारेज गर्ने तथा प्रचलित कानुन बमोजिम कारबाही रिने चेतावनी दिएको हो ।

संक्रमित वा संक्रमितका आफन्तले सःशुल्क सेवा लिने भनी अस्पतालसँग लिखित रुपमा मञ्जुरीनामा गरेको अवस्थामा मात्रै सःशुल्क उपचारको व्यवस्था गर्न निजी अस्पतालहरुलाई मन्त्रालयले भनेको छ ।

अनलाईनखबरवाट