नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

म्यानमारमा सैनिक विमान दुर्घटना, १२ को मृत्यु

ओखलढुङ्गान्युज जेठ २८ म्यानमारमा विहिबार सैनिक विमान दुर्घटना भएको छ । त्यहाँको मन्डाले क्षेत्रमा प्रतिकूल मौसमका कारण बिहीबार बिहान सैनिक विमान दुर्घटनाग्रस्त भएको हो । सेनाका प्रवक्ता मेजर जनरल ज मिन टुनले विमानमा १४ जना सवार रहेको जानकारी दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

म्यानमारको राजधानी नापिटअबाट पिइन ऊ एल्वीनतर्फ उडिरहेको उक्त विमान स्थानीय समय अनुसार बिहान करिब ८ बजे दुर्घटनाग्रस्त भएको थियो । सेनाका प्रवक्ताले खोज तथा उद्धारको कार्य जारी रहेको जानकारी दिएका छन् ।

मन्डालेस्थित अग्नि नियन्त्रक विभागले सामाजिक सञ्जालमा पोष्ट गरेको तस्वीरमा विमानमा सवार सबै १२ जनाको मृत्यु भएको जनाइएको छ । सेनाका अनुसार दुई जनालाई उद्धार गरी उपचारका लागि सैनिक अस्पतालमा भर्ना गरिएको छ।