नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

सिद्धिचरणका सबै स्वास्थ्य संस्थामा एसएलसी व्याच २०४३ को स्वास्थ्य सामग्री सहयोग

ओखलढुङ्गान्युज जेठ २४, ओखलढुङ्गा जिल्ला सरमुकाम अर्थात सिद्धिचरण नगरपालिकामा रहेको सगरमाथा जनता माविका पूर्व विद्यार्थीहरुले नगरपालिकाभित्रका सबै स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । सजमाविमा अध्ययन गरि परीक्षा दिने २०४३ सालको एलएलसी व्याचका विद्यार्थीहरुको समुहले आईतबार विद्यालयमा नै एक कार्यक्रमको आयोजना गरि स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । 

आईतवार विद्यालयको प्राङ्गणमा स्वास्थ्य संस्थाका प्रतिनिधीहरुलाई सिद्धिचरणका मेयर मोहनकुमार श्रेष्ठको उपस्थितिमा सामग्री हस्तान्तरण गरेको हो । यसभन्दा अगाडी पनि नगरपालिकाका वडाहरुमा विभिन्न राजनीतिक नेतृत्वबाट वितरण भएका स्वास्थ्य सामग्री लक्षित वर्गमा पुग्न नसकेकाले लक्षित वर्गको पहुँच हुने गरि वडा–वडाका स्वास्थ्य संस्थाहरुमा सामग्री वितरण गरिएको पूर्व विद्यार्थी तथा एमाले नेता हशंराज वाग्लेले बताए । उनले पूर्व विद्यार्थीहरुले ल्याएका सबै स्वास्थ्य सामग्री विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभित्र रहेको बताइएको छ ।

सजमाविको एसएलसी–२०४३ व्याचका विद्यार्थी शसस्त्र प्रहरीका पूर्व अतिरिक्त महानिरिक्षक राजेश श्रेष्ठ, समाजसेवी तथा एमाले नेता हंशराज वाग्ले, व्यवसायी दिनेश राजभण्डारी, शिक्षक कान्ति राजभण्डारी लगायतको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको छ । कोरोना संक्रमणको जोखिम न्यूनिकरण  गर्न र स्वास्थ्य संस्थाहरुलाई सामग्री अभावले सेवा प्रवाहमा कमजोरी नहोस् भन्ने हेतुले स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको सो समुहले जनाएको छ ।

विद्यालयवाट २०४३ मा एसएलसी पास भएर विभिन्न ठाँउमा पेशा व्यबसायका लागि छरिएर रहेका पूर्व विद्यार्थीहरुको समुहले सिद्धिचरण नगरपालिकामा रहेका ११ वटा स्वास्थ्य चौकी ३ वटा शहरी स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल रुम्जाटार तथा सामुदायीक अस्पताल सोब्रुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । पूर्व विद्यार्थीहरुले संकलन गरेको रकमबाट पल्स अक्सिमिटर, थर्मल गर्न, पिपिइ सेट, सेनिटाइजर, फेस सिल्ड, गाउन लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

स्वास्थ्य सामग्री हस्तान्तरणसँगै स्वास्थ्यकर्मीहरुलाई ओम समाज डेन्टल अस्पताल र विराज समाजको तर्फबाट शुरु गरिएको कोभिड १९ विरुद्धको मेचिकाली मनोपरामर्श अन्र्तगत डा. सुबास घिमिरे, अभिनेता निखिल उप्रेती, शिक्षा क्षेत्रका विज्ञ कर्ण शाही लगायतले सहजीकरण गरेका थिए । उनीहरुले सबैको मजबुद एकता र उच्च मनोबलले कोरोना भाइरसँग जित हासिल गर्न सकिने र अब भाइरस विनाको जीवन होइन भाइरस सँगै बाच्ने उपाय र मनोबल निर्माण गर्नु पर्नेमा जोड दिएका थिए ।

सामग्री हस्तान्तरण कार्यक्रममा सिद्धिचरण नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठ, रेडक्रस सोसाइटीका सभापति सुमन राजभण्डारी लगायतले सगरमाथा जनता माविको २०४३ को एसएलसी व्याच अहिलेसम्मकै उत्कृष्ठ र मनकारी भएको भन्दै सह«ाना गरेका थिए । कार्यक्रमको सभापति राजेश श्रेष्ठ थिए भने सञ्चालन कान्ति राजभण्डारी तथा स्वागत मन्तव्य हंशराज वाग्लेले गरेका थिए ।

सामग्री हस्तान्तरण पूर्व विद्यार्थी समाजको तर्फबाट हंशराज वाग्ले र राजेश श्रेष्ठले गरेका थिए । विद्यालयका प्रधानाध्यापक डिल्लीराम कार्कीले कोरोना महामारीको समयमा ज्यानको पर्वाह नगरि २०४३ को एसएलसी व्याचले गरेको सामाजिक कामको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।