नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

ओखलढुङ्गामा निषेधाज्ञा तेश्रो पटक एकहप्ता थप

ओखलढुङ्गान्युज जेठ १९, ओखलढुङ्गा ओखलढुङ्गामा बैशाख २६ गते देखी लगाईएको निषेधाज्ञालाई बुधबार तेश्रो पटक थप गरिएको छ । बुधबार ओखलढुङ्गामा बसेको जिल्ला कोभिड १९ संकट व्यबस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले निषेधाज्ञालाई थप एकहप्ता लम्ब्याउने निर्णय गरेको हो ।

बुधबार बसेको डिसीसीएमसीको बैठको निर्णय अनुसार अब यो निषेधाज्ञा जेठ २६ गते राती १२ बजेसम्म लागू हुनेछ । डिसीसीएमसीको निर्णय अनुसार बुधबार नै जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै उक्त जानकारी गराएको हो । निषेधाज्ञाको जारी गरिएको सूचना अनुसार निषेधाज्ञा अबधिभर यस अगाडी जारी गरिएको सूचना अनुसार नै हुनेछन् ।