नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

ओखलढुङ्गामा थप १ संक्रमितको मृत्यु

ओखलढुङ्गान्युज । जेठ १९, ओखलढुङ्गा । जिल्लामा मंगलबार कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यू भएको छ । योसंगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको हो । मंगलबार मानेभञ्ज्याङ गाउपालिका वडा नं. ७ का एकजना पुरुषको मृत्यु भएको हो । 

ओखलढुङ्गा सामुदायिक अस्पताल सोब्रुमा उपचाररत मानेभञ्ज्याङ गाउपालिका वडा नं. ७ का ८६ बर्षीय पुरुष संक्रमितको मंगलबार साँझ मृत्यू भएको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुङ्गाका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो । मृतकको शवलाई नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पुरा गरी आफन्तले बुझेर लगेको ओखलढुङ्गा सामुदायिक अस्पतालका निर्देशक युवराज आचार्यले बताउनुभयो ।