नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

मंगलबार ओखलढुङ्गामा ३२ संक्रमित थपिए, १० जनाले जिते कोरोना

ओखलढुङ्गान्युज । जेठ १८, ओखलढुङ्गा । मंगलबार ओखलढुङ्गामा १० जना कोरोना संक्रमितले भाइरसलाई जितेर निको भएका छन् । जिल्लाका बिभिन्न अस्पताल तथा होम आइसोलेसनमा रहेका १० जना संक्रमितले कोरोनालाई जितेका हुन् । 

मंगलबार कोरोना संक्रमणबाट निको हुनेमा सिद्धिचरण नगरपालिकाका ५ जना, चिशंखुगढी गाउँपालिकाका १ जना, मानेभञ्ज्याङ गाउँपालिकाका २ जना र सुनकोशी गाउँपालिकाका १ जना र सोलुखुम्बु जिल्लाको १ जना रहेका छन् । योसंगै जिल्लामा कोरोना संक्रमणपछि निको हुनेको संख्या ७७ पुगेको छ ।

त्यस्तै मंगलबार ओखलढुङ्गामा ३२ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेहरु सबै सिद्धिचरण नगरपालिकाका रहेका छन् । सिद्धिचरण नगरपालिकाका ५२ जनाको पिसिआर परीक्षण गर्दा २७ जनाको र विभिन्न पालिकाको २७ जनामा एन्टिजेन परीक्षण गर्दा नगरपालिका कै ५ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुङ्गाका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो ।

योसंगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या ७ सय १८ पुगेको छ । जसमध्ये हाल सक्रिय संक्रमितको संख्या ६ सय ३७ रहेको छ । तिनीहरुमध्ये ६ सय २३ जना होम आईसोलेसनमा छन् भने १५ जना संस्थागत आईसोलेसनमा रहेका छन् । संक्रमित ३ जनाको अबस्था गम्भिर भएपछि थप उपचारको लागि काठमाडौँ रिफर गरिएको छ ।