नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

निषेधाज्ञा अवधिभर बिजुलीको महसुलमा छुट

ओखलढुङ्गान्युज । जेठ १५, काठमाण्डौं । सरकारले कोरोना महामारी संक्रमण फलनसक्ने आशंकामा देशभर निषेधाज्ञा गरिरहेको बेला निषेधाज्ञा अवधिभर बिजुलीको महसुलमा छुटको व्यवस्था गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यो घोषणा गर्नुभएको हो ।

मन्त्री पौडेलका अनुसार निषेधाज्ञा अवधिभर २० युनिटसम्म विद्युत खपत गर्नेलाई शतप्रतिशत विद्युत महसुल छुटको व्यवस्था गरिएको हो । त्यस्तै मासिक १५० युनिटसम्म खतप गर्नेलाई ५० प्रतिशत र २५० युनिटसम्म खपत गर्नेलाई ३० प्रतिशत महसुल छुट दिइने व्यवस्था मिलाएको अर्थमन्त्री पौडेलले घोषणा गर्नुभयो ।