नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

बृद्धभत्ता ४ हजार पुग्यो

ओखलढुङ्गान्युज । जेठ १५, काठमाण्डौं शनिवारको बजेट भाषण मार्फत सरकारले बृद्ध भत्ता बढाएको छ । जेष्ठ नागरिकहरुले यस अगाडी पाउदै आएको रु ३ हजारमा १ हजार थप गर्दै मासिक ४ हजार पु¥याएको हो ।

बजेट भाषणलाई सम्बोधन गर्दै अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार रुपैयाँ पुर्याएको र सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरेको जानकारी दिए । बढेको भत्ता १ साउनबाट कार्यान्वयनमा आउने छ । यसअघि सरकारले आर्थिक वर्ष २०७६÷७७ को बजेटले वृद्धभत्ता ३ हजार पुर्याएको थियो ।

नेकपा एमालेवाट निर्वाचित तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीले शुरु गरेको वृद्धभत्तालाई एमालेले त्यसयता निरन्तर आफ्नो भोट राजनीतिका रुपमा उपयोग गरिरहेको थियो । एमाले र माओवादी केन्द्रबीचको एकतापछि जारी भएको चुनावी घोषणा पत्रमा वृद्धभत्ता ५ हजार पु¥याउने उल्लेख थियो । सोही अनुसार सरकारले वृद्धभत्ता बढाएको हो ।