नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

सुनकोशीले बगायो निर्माणाधीन नवलपुरको मोटरेवल पुल

ओखलढुङ्गान्युज । जेठ १३, ओखलढुङ्गा । सुनकोशी नदी माथि निर्माण हुदै गरेको नवलपुरको निर्माणाधीन मोटरेवल पुल वुधवार राति नदीले भत्काएको छ । सिन्धुली र ओखलढुङ्गा जोड्ने निर्माणाधिन नवलपुरको पक्की पुल सुनकाेशीमा आएको बाढीले बगाएर भत्किएको हो ।

ओखलढुङ्गाकाे चम्पादेवी गाउँपालिका वडा नं.-१ पलापु र सिन्धुलीकाे फिक्कल गाउँपालिका वडा नं.-२ पोखरी जोड्ने बहुप्रतिक्षित निर्माणाधीन नवलपुरको मोटरेवल पक्की पुल बुधवार राती सुनकोशी नदिमा आएको बाढिले भत्काएको त्यहाँबाट गंगा फुयलले जानकारी दिनुभयो । आर्थिक बर्ष २०७२/७३ वाट निर्माण कार्य सुरु भएको उक्त पुलको २०७८ असार १५ मा म्याद सकिदै छ । गत वर्षको कोरोना महामारी र यसपालीको पनि कोरोना संक्रमणको महामारी देखाउदै ठेकेदार कम्पनीले निर्माण कार्य समयमा नै नसक्ने लगभग पक्का हुदैगर्दा निर्माणाधीन पुल नदीको भेलले भत्काइदिएको हो ।

पुलको निर्माण कार्य चुण्डी-शर्मा जेभि कन्ट्रक्सन प्रा.लि सानेपाले गरिरहेको छ । पुल निर्माणको अनुमानित लागत २२ कराेड रहेको छ । २२ करोड बढीको लागतमा निर्माण सुरुवात गरेको २ सय मिटर लम्बाई रहेको पुलको बिचमा रहेको ४० मिटरको स्पान नदीमा आएको बाढीले बगाएको हो । पुल बगाएपछि पछि पुल निर्माणको भविष्य अन्यौलमा परेको छ भने खुशी हुदै गरेका ओखलढुङ्गावासीको खुशीमा फेरि तुसारापात भएको छ ।