नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

ओखलढुङ्गामा कोरोना संक्रमितको संख्या ५०४ पुग्यो, कुन स्थानीय तहमा कति ?

ओखलढुङ्गान्युज जेठ १३, ओखलढुङ्गा ओखलढुङ्गामा विहिवार पछिल्लो २४ घण्टाका कोरोना भाईरसका १ सय २६ जना संक्रमित थपिएका छन् । विहिबार थपिएकाहरु मध्ये सबैभन्दा बढि संक्रमित लिखु गाउँपालिकामा थपिएका छन् । विहिबार लिखु गाउँपालिकामा मात्रै ७१ जना नयाँ संक्रमित थपिएका हुन् । लिखु गाउँपालिकाका १७१ जनाको स्वाव परीक्षण गर्दा ७१ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै विहिबार थपिएका नयाँ संक्रमितहरुमा सिद्धिचरण नगरपालिकामा ६ जनाको पिसिआर परीक्षण गर्दा ३ र ७ जनाको एन्टिजेन परीक्षण गर्दा १ सहित ४ जना, चिशंखुगढी गाउँपालिकामा ७० जनाको पिसिआर परीक्षण गर्दा १२ जना, चम्पादेवी गाउँपालिकामा १ सय ९ जनाको पिसिआर परीक्षण गर्दा ३९ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुङ्गाका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो ।

विहिबार नयाँ संक्रमित थपिएसँगै ओखलढुङ्गामा कोरोना भाईरसवाट संक्रमित हुनेको संख्या ५ सय ४ पुगेको छ भने विहिबार सम्म ओखलढुङ्गावाट ४६ जना कोरोना भाईरसवाट संक्रमण मुक्त भएका छन् । जिल्ला स्वास्थ्य प्रमुख तिवारीका अनुसार विहिबार अब ओखलढुङ्गामा ४ सय ५६ जना कोरोना भाईरसका सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये २४ जना अस्पतालको आईसोलेसन कक्षमा उपचार गराईरहेका छन् भने ४ सय ३२ जना होम आईसोलेसनमा रहेको पनि तिवारीले जानकारी दिनुभयो । विहिबारसम्म ओखलढुङ्गामा ३ जना कोरोना भाईरस संक्रमितको मृत्यु भएको छ ।