नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

मापदण्ड अनुसार शब ब्यवस्थापन गर्न नागरिक समाजको ध्यानाकर्षण

ओखलढुङ्गान्युज । जेठ १३, ओखलढुङ्गा । जिल्लामा कृयाशिल नागरिक समाज संस्था तथा सञ्चारकर्मीहरुको साझा समूह जिल्ला पैरवी सञ्जालले बुधबार ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् । मंगलबार ओखलढुङ्गामा संक्रमित एक महिलाको मृत्यु भएपछि शब व्यबस्थापनको बारेमा नागरिकहरुले गुनासो तथा विरोध जनाएको भन्दै त्यसको वास्तविकता सार्वजनिक गर्न माग ग

र्दै जिल्ला पैरवी सञ्जालले प्रमुख जिल्ला अधिकारीको तिनबुँदे ध्यानाकर्षण गराएका हुन् ।

जिल्लामा संक्रमित व्यक्तिहरुको मृत्युहुनेक्रम सुरु भएसँगै त्यसको व्यबस्थापन कहाँ कसरी गर्ने भनेर शब दहन गर्ने स्थानको बारेमा हालसम्म टुङ्गो लागेको छैन । गतवर्ष बसेको जिल्ला कोभिड १९ संकट व्यबस्थापन केन्द्रको निर्णय अनुसार छनौट भनका स्थानमा नेपाली सेनाले शव दहन गर्दा स्थानीयले विरोध जनाउन सुरु गरेका छन् । शब व्यबस्थापन गर्ने स्थानको टुङ्गो लगाएर मापदण्ड अनुसार नै शब व्यबस्थापन गर्न ध्यानाकर्षण गराउदै यसको बोधार्थ जिल्लाका सबै स्थानीय तहहरुलाई समेत गराईएको छ ।

जिल्ला पैरवी सञ्जालले बुझाएको तिनबुदे ध्यानाकर्षण पत्रमा जिल्लामा संक्रमण पुष्टि भएकाम मध्ये अधिकांश होम आईशोलेसनमा रहेकोले उनीहरुको अबस्थाका बारेमा समेत स्थानीय तहहरुसँग समन्वय गरि नियमित रुपमा सार्वजनिक गराउन समेत ध्यानाकर्षण गराईएको छ ।