नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

ओखलढुङ्गामा थपिए कोरोनाका ७ संक्रमित

ओखलढुङ्गान्युज जेठ १२, ओखलढुङ्गा ओखलढुङ्गामा बुधबार नयाँ थप ७ जना संक्रमित थपिएका छन् । त्यस्तै बुधबार नै ओखलढुङ्गाका कुल कोरोना संक्रमित मध्ये ७ जना निको भएका छन् । एन्टिजेन विधीवाट गरिएको कोरोना परीक्षणमा उनीहरु थपिएका हुन् ।

संक्रमित थपिनेहरुमा मानेभञ्ज्याङ गाउँपालिकाका ३ जना, सिद्धिचरण नगरपालिकाका १ जना, सुनकोसी गाउँपालिकाका १ जना, चम्पादेवी गाउँपालिकाका १ जना र खिजीदेम्बा गाउँपालिकाका १ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुङ्गाका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो ।

बुधबार नयाँ संख्या थपिएसँगै जिल्लामा जम्मा कोरोना संक्रमितको संख्या ३ सय ७८ पुगेको छ ।