नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

बुधबार १४५ को मृत्यु, नेपालमा संक्रमित हुनेभन्दा निको हुने बढे

ओखलढुङ्गान्युज जेठ १२, काठमाण्डौं नेपालमा बुधबार पछिल्लो २४ घण्टामा १ सय ४५ जनाको मृत्यु भएको छ । बुधवार नयाँ थपिएसँगै नेपालमा कोरोना भाईरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ हजार ८ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै बुधबार पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार ७ सय १४ जना कोरोना भाईरसका संक्रमित थपिएका छन् भने यहि अबधिमा कोरोना भाईरस संक्रमण पश्चात निको हुनेको संख्या ६ हजार ७ सय १६ रहेको छ । बुधबार संक्रमित हुने भन्दा बढि निको भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९ हजार ३० जनाको पीसीआर र ३ सय २२ जनाको एन्टिजेन परीक्षण गर्दा ६ हजार सात सय १४ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाईरस सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ५ लाख ३५ हजार ५ सय २५ पुगेको छ ।