नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

ओखलढुङ्गामा मंगलबारअर्का कोरोना संक्रमितको पनि मृत्यु

ओखलढुङ्गान्युज जेठ ११, ओखलढुङ्गा ओखढुङ्गामा मंगलबार थप एकजना कोरोना भाईरस संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाईरस संक्रमणका कारण ओखलढुङ्गामा मृत्यु हुने कोरोना भाईरस संक्रमितको संख्या दुई पुगेको छ ।

जिल्लाको मोलुङ गाउँपालिका वडा नं. २ रामपुरकी कोरोना भाईरस संक्रमित ८८ वर्षिया महिलाको मंगलबार राती १ बजेतिर मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुङ्गाका प्रमुख सुमन तिवारीले पुष्टि गर्नुभएको छ । मृतक महिला दमको विरामी रहेको र उनको स्वास्थ्यमा समस्या भएपछि शोमबार नै जिल्लाकोे सामुदायीक अस्पतालमा उपचारको लागि ल्याईएको थियो । अस्पतालमा ल्याएर ती महिलालाई एन्टिजेन विधीवाट कोरोना परीक्षण गराउदा पोजेटिभ देखिएको थियो ।

मृतकका छोरालाई केही समय अगाडी कोरोना भाईरस संक्रमण देखएिको थियो । छोरालाई भाईरस संक्रमण निको भएपनि छोरो मार्फत नै आमालाई संक्रमण फैलिएको हुनसक्ने स्थानीयहरुले आशंका गरेका छन् । जिल्लामा कोरोना भाईरस संक्रमितको संख्या बढ्नेक्रम जारी रहेसँगै संक्रमितहरुको मृत्यु हुनेक्रम पनि ओखलढुङ्गामा सुरुवात भएको छ ।