नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

शोमबार ओखलढुङ्गामा थपिए २१ संक्रमित, १ को मृत्यु

ओखलढुङ्गान्युज जेठ १०, ओखलढुङ्गा शोमबार ओखलढुङ्गामा कोरोना भाईरसका २१ जना नयाँ संक्रमित थपिएका छन् । शोमबार ५६ जनामा एन्टिजेन विधिबाट कोरोना भाईरसको परीक्षण गर्दा २१ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुङ्गाका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो ।

तिवारीका अनुसार शोमबार रुम्जाटारमा ३७ जना र सामुदायीक अस्पताल सोब्रुमा १९ जनाको एन्टिजेन विधिबाट कोरोना भाईरस संक्रमणको परीक्षण गरिएको थियो । संक्रमण पुष्टि भएका मध्ये सिद्धिचरण नगरपालिका वडा नं. ८ का १५ सहित १७ जना रहेका छन् । त्यस्तै संक्रमण पुष्टि हुनेहरुमा मोलुङका २ जना, मानेभञ्ज्याङ्गका १ जना र खिजिदेम्बा गाउँपालिकाका १ जना रहेको पनि जिल्ला स्वास्थ्य प्रमुख तिवारीले जानकारी दिनुभयो ।

त्यस्तै शोमबार जिल्लाबाट ३ सय १५ जनाको स्वाव संकलन गरि पिसिआर परीक्षणका लागि पठाईएको छ । संकलन गरिएका स्वावहरुमा लिखु गाउँपालिकावाट १ सय ७१, चम्पादेवी गाउँपालिकाका १ सय ९ जना, चिशंखुगढी गाउँपालिकाका ७० जना, सिद्धिचरण नगरपालिकाका ५ जना रहेको जिल्ला स्वास्थ्य प्रमुख तिवारीले बताउनुभयो ।  लिखु गाउँपालिकावाट शोमबार ४ ओटा वडावाट स्वाब संकलन गरेर पठाईएको र बाकी ५ ओटा वडाको मंगलवार स्वाव संकलन गरि पठाईने लिखु गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिनानाथ चौधरीले जानकारी दिनुभयो ।

त्यसैगरि शोमबार नै ओखलढुङ्गामा कोरोना भाईरसवाट संक्रमित एक महिलाको मृत्यु भएको छ । सिद्धिचरण नगरपालिका वडा नं. ११ की ५८ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । कोरोना संक्रमणवाट ओखलढुङ्गामा मृत्यु भएको यो पहिलो घटना हो । मृतकको स्वाबलाई नेपाली सेनाले व्यबस्थापन गरेको छ ।