नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

ओखलढुङ्गाका कोरोना संक्रमितको शब नेपाली सेनाले व्यबस्थापन ग¥यो

ओखलढुङ्गान्युज जेठ १०, ओखलढुङ्गा ओखलढुङ्गामा मृत्यु भएको कोरोना भाईरस संक्रमितको शव नेपाली सेनाले ब्यबस्थापन गरेको छ । संक्रमितको मृत्यु भएसँगै मृतकको शबलाई कसरी र कसले व्यबस्थापन गर्ने भन्ने बारेमा जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गामा शोमबार दिउसो भएको लामो छलफल पश्चात मृतकको शवलाई ओखलढुङ्गामा रहेको नेपाली सेनाको अरिदमन गणले गरेको हो ।

कोरोना भाईरस संक्रमित व्यक्तिको शव व्यबस्थापन सम्बन्धि कार्यबिधी, दोश्रो संशोधन २०७७ अनुसार मृतकको परिवारले नेपाली सेनाको सहयोगमा परिवारले आफ्नो संस्कार अनुसार शबको दाहसंस्कारको अनुरोध गर्दा शब व्यबस्थापनमा केही ढिलाई भएको थियो । कार्यविधी अनुसार सामाजिक संस्कार अनुसार परिवारले अनुरोध गरेपनि मृतकको छोरामा समेत स्वास्थ्य समस्या देखिएकोले नेपाली सेनाले नै शबको व्यबस्थापन गरेको जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाका प्रमुख, प्रमुख जिल्ला अधिकारी बन्दना राईले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी राईका अनुसार नेपाली सेनाको टिमले शबलाई जलाएर व्यबस्थापन गर्न खोजेको थियो । संक्रमितको शब व्यबस्थापन गर्न प्रकृतिले समेत असर गरेको थियो । तर भिषण पानी परेपछि केहि समय कुरेर नगरपालिकाको स्काभेटरलाई झिकाएर खाल्डो खनी शव दहन गरिएको छ ।