नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

ओखलढुङ्गामा कोरोना संक्रमित एक महिलाको मृत्यु  

ओखलढुङ्गान्युज जेठ १०, ओखलढुङ्गा ओखलढुङ्गामा शोमबार विहानै कोरोना संक्रमित एकजना महिलाको मृत्यु भएको छ । शोमबार सिद्धिचरण नगरपालिका वडा ११ की कोरोना संक्रमित एकजना महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो ।

मृत्यु भएकी महिला गत जेष्ठ ७ गते कोरोना पोजेटिभ भई ओखलढुङ्गा सामुदायीक अस्पतालमा उपचाररत रहेकी थिइन् । होम आईशोलेसनमा नै रहेकी मृतक महिलाको स्वासप्रश्वासमा समस्या भएपछि जिल्ला सदरमुकाममा रहेको सामुदायीक अस्पताल सोब्रुमा भर्ना गरिएको थियो । अस्पतालमा भर्ना गरिएपनि मृतक महिलाको अक्सिजन लेवलसमेत अत्यन्तै कम रहेको थियो ।

कोरोना संक्रमित महिलाको मृत्यु भएपछि शबको व्यबस्थापन गर्ने बारेमा यो समाचार तयार गर्दै गर्दा जिल्ला कोभिड १९ संकट व्यबस्थापन केन्द्रको बैठक बसिरहेको छ । बैठकको निर्णय पश्चात शवको ब्यवस्थापन गरिने तयारी गरिएको छ ।

आईतवार मृत्यु भएकी महिला ओखलढुङ्गा जिल्लामै कोरोना संक्रमित भएर मृत्यु हुने पहिलो ब्यक्ती हुन् ।