नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

ओखलढुङ्गामा आईतवार थपिए मानेभञ्ज्याङ्गका ५६ सहित ६२ जना संक्रमित

ओखलढुङ्गान्युज जेठ , ओखलढुङ्गा ओखलढुङ्गामा आईतवार थप ६२ जनामा कोरोना भाईरसको संक्रमण भएको पुष्टि भएको छ । गत बुधबार पठाईएको मानेभञ्याङ्ग गाउँपालिकामा संकलन गरिएको ८६ जनाको स्वाब मध्ये ५५ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुङ्गाका प्रमुख सुमन तिवारीले जानकारी निदुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख तिवारीका अनुसार आईतवार थपिएका संक्रमितहरुमा पिसिआर परीक्षण गर्दा मानेभञ्ज्याङ्ग गाउँपालिकाका ५५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै सामुदायीक अस्पताल सोब्रुमा २२ जनाको एन्टिजेन परीक्षण गर्दा सिद्धिचरण नगरपालिकाका ४ जना, चम्पादेवीको १, मानेभञ्ज्याङ्गको १ र खिजीेदेम्बा गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ ।

आईतवार ओखलढुङ्गामा पिसीआर र एन्टिजेन दुवै परीक्षण मार्फत ६२ जनामा संक्रमण पुष्टि भएको हो । आईतवार नयाँ संक्रमित थपिएसँगै अब ओखलढुङ्गामा कोरोना भाईरस संक्रमित हुनेको संख्या पनि ३ सय २४ पुगेको छ ।