नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

ओखलढुङ्गामा निषेधाज्ञा १० दिन थप

ओखलढुङ्गान्युज जेठ , ओखलढुङ्गा गत बैशाख चौथो सातादेखी ओखलढुङ्गामा लगाईएको निषेधाज्ञालाई १० दिन थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गामा आईतवार बसेको जिल्ला कोभिड १९ संकट व्यबस्थापन केन्द्र डिसीसीएमसीको निर्णयले जिल्लामा निषेधाज्ञाको समयलाई थप गर्ने निर्णय गरेको हो ।

आज बसेको डिसीसीएमसीको निर्णयले यस अगाडी निषेधाज्ञामा जारी गरिएका केही प्रतिवन्धलाई थप कडाई गरेको छ । तर खाद्यान्न, फलफुल, तरकारी, दुध, माछामासुको कारोवार गर्ने पसलहरु भने दैनिक विहान  ७ बजेदेखी १० बजेसम्म सञ्चालन गर्न पाईनेछ । यस अगाडी लुकीछिपी जिल्लामा यात्रु लिएर जिल्लामा सवारी साधन भित्रिने गरेकोमा त्यसलाई भने कडाई गरिएको छ ।

जिल्लामा यात्रुहरु भित्रदा सम्बन्धित स्थानीय तहले कम्तिमा पनि १४ दिन सम्म क्वारेन्टिनमा राख्ने ग्यारेण्टि सहित अनुमती पास नदिएमा जिल्लामा कुनैपनि यात्रुबाहक सवारी अब भित्रन पाउने छैनन् ।

डिसीसीएमसीको निर्णय पश्चात जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना ः