नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

शनिवार ओखलढुङ्गामा थपिए ५० संक्रमित, कहाँका कति ?

ओखलढुङ्गान्युज जेठ , ओखलढुङ्गा पछिल्लो २४ घण्टामा ओखलढुङ्गामा कोरोना भाईरसका ५० जना संक्रमित थपिएका छन् । जिल्लामा परिक्षणको दायरामा बृद्धि गर्दै गर्दा संक्रमितहरुको संख्यामा पनि उच्च गतिमा बृद्धि भएको हो । शनिवार नयाँ संक्रमित थपिएसँगै ओखलढुङ्गामा कोरोना भाईरस संक्रमित हुनेको संख्या २ सय ६२ पुगेको छ ।

शनिवार थपिनेहरुमा सुनकोसी गाउँपालिकाका १८, मोलुङ गाउँपालिकाका २२, सिद्धिचरण नगरपालिकाका ६ जना रहेका छन् । यी तिनओटै पालिकाका संक्रमितहरुको पिसिआर परीक्षण गर्दा कोरोना भाईरस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुङ्गाका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो । त्यस्तै एन्टिजेन परीक्षण गर्दा खिजिदेम्बा गाउँपालिकाका ४ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको पनि तिवारीले जानकारी दिनुभयो ।

गाउँगाउँमा संक्रमितहरुको संख्यामा बृद्धि हुनथालेपछि शुक्रवार खिजिदेम्बा गाउँपालिकाका १ सय २१ जनाको स्वा संकलन गरि शुक्रबार परीक्षणका लागि पठाईएको छ । यस अगाडी धेरै संक्रमित देखिएका स्थानीय तहहरुमा आईतवार देखी कन्ट्रयाक्ट ट्रेसिङ गरि पिसिआर परीक्षणको लागि स्वाब संकलन गरिने जिल्ला स्वास्थ्य प्रमुख तिवारीले जानकारी दिनुभयो । थप पिसिआर परीक्षणको मात्रा बढाउनका लागि जिल्लाको भौगोलिक अवस्थाका कारण केही समस्या भएपनि परीक्षणका दायरामा भने बृद्धि गरिएको पनि तिवारीले जानकारी दिनुभयो ।