नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

ओखलढुङ्गामा शुक्रवार थपिए ३४ संक्रमित

ओखलढुङ्गान्युज जेठ , ओखलढुङ्गा ओखलढुङ्गामा शुक्रबार कोरोना भाईरसका ३४ जना संक्रमित थपिएका छन् । शुक्रबार नयाँ संक्रमित थपिएसँगै ओखलढुङ्गामा कोरोना भाईरस संक्रमितको संख्या २ सय नाघेको छ ।

बुधबार पठाईएका मोलुङको १११ जनाको स्वाब मध्ये २० जनामा कोरोना संक्रमण पुष्टि भएर आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो । तिवारीका अनुसार शुक्रबार एन्टिजेन परिक्षण गर्दा चिशंखुगढीका १२ जना र सिद्धिचरण नगरपालिकाका २ जनामा पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

बुधवार स्वाव संकलन गरि परीक्षणमा पठाईएका सुनकोसी, मानेभञ्ज्याङ्ग, सिद्धिचरण नगरपालिकाको भने पिसिआर रिपोर्ट आउन बाकी रहेको छ । पछिल्ला दिनहरुमा मौसममा परिवर्तन आएसँगै गाउँगाउँमा ज्वरो, रुघाखोकीका विरामीको संख्या बढ्न थालेको छ । तर ति लक्षणहरु कोरोना भाईरस कोभिड – १९ सँग मिल्दा जुल्दा भएकोले सबैको स्वाव परीक्षण गर्नुपर्ने नागरिकहरुले माग गर्न थालेका छन् ।