नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

लिखुमा बुधबार थपिए दुई ओडामा २५ संक्रमित

विएन श्रेष्ठ जेठ , यसम बुधबार ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकामा मात्रै २५ जना कोरोना भाईरसका संक्रमित थपिएका हुन् । गत शोमबार पालिकाका ३० जनाको स्वाब संकलन गरि पठाईएकोमा २५ जनाको रिपोर्ट पोजेटिभ आएको लिखु गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिनानाथ चौधरीले जानकारी दिनुभयो ।

बुधबार लिखु गाउँपालिकामा पोजेटिभ देखिएका २५ जना मध्ये १७ जना वडा नं. ३ नर्मदेश्वरका साविक १, २ र ३ नम्बर वडाका नागरिकहरु हुन् । शोमबार नर्मदेश्वरवाट संकास्पद २० जनाको स्वाव कोरोना भाईरस संक्रमण परीक्षणका लागि काठमाण्डौं पठाईएको थियो । २० जनाको स्वाब पठाईएको मध्ये १७ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको हो ।

त्यस्तै अरु ८ जना भने लिखु गाउँपालिका वडा नं. ६ गाम्नाङ्गटार खाल्डेका हुन् । वडा नं. ६ वाट पनि गत शोमबार नै संकास्पद १० जनाको स्वाव पिसिआर परीक्षणका लागि काठमाण्डौं पठाईएको थियो । वडा नं. ६ वाट पठाईएको १० जनाको स्वाब मध्ये ८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको हो ।

कोरोना भाईरस संक्रमित व्यक्तिहरु काठमाण्डौंवाट पालिकामा गाडीका गाडी भित्रिरहदा पालिका भने मौन बसेको छ । काठमाण्डौंवाट भित्रिएका नागरिकहरुको बारेमा हालसम्म पालिकाले कुनैपनि तथ्यांक राखेको छैन । निषेधाज्ञाको बाबजुद पनि पालिकामा नागरिकहरु भित्रिएको विषयमा आफुलाई कुनैपनि जानकारी नभएको लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द पौडेलले बताए ।

पालिका भित्रैको नागरिकहरुमा कोभिड संक्रमण भएको पाईएमा पालिकाले उपचारका लागि पहल गर्ने र काठमाण्डौंवाट आएर संक्रमण फैलिएको पाईएमा पालिकावाट कुनै पनि उपचारको लागि आफुहरुले पहल नगर्ने अध्यक्ष पौडेलले बताएका छन् । दिनानुदिन संक्रमण फैलिरहदा संकास्पद विरामीहरुको बारेमा स्वाव परीक्षणका लागि कतिपय वडा आफैले प्रयास गरिरहेका छन् ।