नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

मंगलबार ओखलढुङ्गामा थपिए १५ जना संक्रमित, कुन् ठाँउका कति ?

ओखलढुङ्गान्युज जेठ , ओखलढुङ्गा ओखलढुङ्गामा मंगलबार पछिल्लो २४ घण्टामा १५ जना कोरोना भाईरसका नयाँ संक्रमित थपिएका छन् । जिल्लाको खिजीदेम्वा गाउँपालिका र सामुदायिक अस्पताल सोब्रुमा २४ जनामा गरिएको एन्टिजेन परिक्षणमा १५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो । 

मंगलबार पुष्टि भएका १५ मध्ये १० जना सिद्धिचरण नगरपालिकाका मात्रै हुन् । २४ जनाको एन्टिजेन परीक्षण गर्दा सिद्धिचरण नगरपालिकाको वडा नं ८ का ४ जना, वडा नं. ११ र १२ मा ३/३ जनामा कोरोना भाईरस संक्रमण भएको पुष्टि भएको हो । त्यस्तै अरु संक्रमितहरुमा चिशंखुगढी गाउँपालिकाका १, मोलुङ गाउँपालिकाका १ र खिजिदेम्बा गाउँपालिकाका १ जना रहेका छन् । अरु २ जना भने सोलुखुम्बु र खोटाङ जिल्लाका हुन् ।

योसँगै ओखलढुङ्गामा अब कोरोना भाईरस संक्रमित हुनेको कुल संख्या १ सय ४ पुगेको छ । मंगलबार नयाँ संक्रमित थपिएसँगै अब ओखलढुङ्गाका गाउँगाउँसम्म कोरोना संक्रमण फैलिएको देखिएको देखिएको पनि जिल्ला स्वास्थ्य प्रमुख तिवारीले बताउनुभयो । कोरोना भाईरस संक्रमण हुनवाट जोगिन थप सचेत हुन आवश्यक रहेको तिवारीको भनाई छ ।