नेपाली समय Loading...२०८१ बैशाख १९ बुधबार

शोमबार ओखलढुङ्गामा थपिए १० संक्रमित

ओखलढुङ्गान्युज जेठ , ओखलढुङ्गा ओखलढुङ्गामा शोमबार जिल्लाका ६ जना सहित १० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । शोमबार जिल्लाको सामुदायीक अस्पताल सोव्रु र जिल्ला अस्पताल रुम्जाटारमा गरिएको एन्टिजेन परिक्षणमा १० जनामा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो ।

शोमबार संक्रमण पुष्टि भएका मध्ये ६ जना ओखलढुङ्गाका हुन् भने ४ जना चाहि सोलुखुम्बुका रहेको पनि जिल्ला स्वास्थ्य प्रमुख तिवारीले बताउनुभयो । ओखलढुङ्गामा कोरोना संक्रमण पुष्टि भएका ६ जना मध्ये सिद्धिचरण नगरपालिकाका ४ जना, मोलुङ गाउँपालिकाका १ जना र खिजिदेम्बा गाउँपालिकाका १ जना रहेका छन् ।

त्यस्तै सोलुखुम्बु जिल्लाबाट उपचारका लागी आएका सोलुदुधकुण्ड र थुलुङ दुधकोशी नगरपालिकाका ४ जना पनि कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । सोलुखुम्बुका संक्रमितको अबस्था गम्भिर रहेकोले उनीहरुलाई तत्काल ओखलढुङ्गा सामुदायीक अस्पतालको आईसोलेसनमा राखि उपचार सुरु गरिएको छ । शोमबार नयाँ संक्रमित थपिएसंगै ओखलढुङ्गामा कोरोना संक्रमितको कुल संख्या ८९ पुगेको छ ।