नेपाली समय Loading...२०८१ बैशाख १९ बुधबार

ओखलढुङ्गामा थपिए कोरोनाका ३३ जना संक्रमित

ओखलढुङ्गान्युज जेठ , ओखलढुङ्गा ओखलढुङ्गामा आईतवार पछिल्लो २४ घण्टामा ३३ जना कोरोना भाईरसका संक्रमित थपिएका छन् । थपिएका संक्रमितहरुमा सिद्धिचरण नगरपालिकाका ८ जना, चिशंखुगढी गाउँपालिकाका १२ र मोलुङ गाउँपालिकाका १३ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो ।

आईतवार नयाँ संख्या थपिएसँगै ओखलढुङ्गामा कोभिडको दोश्रो चरण सुरुवात भएपछि संक्रमित हुनेहरुको संख्या पनि ७९ पुगेको छ । आईतबार थपिएकाहरुमा ३० जना पिसिआर र ३ जना एन्टिजेन परीक्षण मार्फत थपिएका हुन् । संक्रमित मध्ये आईतवार ६ जना कोरोनालाई जितेर संक्रमण मुक्त भएको पनि जिल्ला स्वास्थ्य प्रमुख तिवारीले जानकारी दिनुभयो ।

उता आफ्नो पालिका भित्रका तिन जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि चिशंखुगढी गाउँपालिकाले आईतवारदेखी पालिकाको अत्यावश्यक काम बाहेक सबै काम स्थगित भएको जनाएको छ । पालिकाको वडा नं. ५ सेर्नाका एकै वस्तिमा ९ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएपछि वडा सिल गरेर कन्ट्रयाक्ट ट्रेसिङ सुरुवात गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओम दर्जीले जानकारी दिनुभयो ।

कन्ट्रयाक्ट ट्रेसिङमा परेकाहरुको शोमबार स्वाव संकलन गरि पिसिआर परीक्षणका लागि पठाईने जिल्ला स्वास्थ्य प्रमुख तिवारीले जानकारी दिनुभयो । तिवारीका अनुसार सुनकोसी गाउँपालिकाका र चिशंखुगढी गाउँपालिकाका नागरिकहरुको स्वाव संकलन गरि शोमबार पिसिआर परिक्षणका लागि पठाईनेछ ।