नेपाली समय Loading...२०८१ बैशाख १८ मंगलवार

भारतमा २४ घण्टामा ४१ सयको मृत्यु

ओखलढुङ्गान्युज बैशाख २६, काठमाण्डौं कोरोना संक्रमणका कारण भारतमा पछिल्लो २४ घण्टामा मात्रै चार हजार भन्दा धेरैको ज्यान गएको छ । भारतीय सञ्चार माध्यमका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ४ हजार १ सय ३३ जनाको मृत्यु भएको हो ।

महामारीको दोस्रो लहर चलिरहेको भारतमा एकै दिन यति धेरै मानिसको ज्यान गएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ४ लाख ९ हजार भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतमा अहिलेसम्म दुई करोड २२ लाख ९५ हजार भन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । त्यस्तै शनिवारसम्म त्यहाँ दुई लाख ४२ हजार तीन सय ९८ जनाले ज्यान गुमाइसकेका छन् । भारतमा अहिलेसम्म ३० करोड चार लाख भन्दा धेरैको पीसीआर परीक्षण भइसकेको छ ।