नेपाली समय Loading...२०८१ बैशाख १८ मंगलवार

कामिरिताको २५ औं पटक कीर्तिमानी सगरमाथा आरोहण

ओखलढुङ्गान्युज बैशाख २५, काठमाण्डौं विश्वकै कीर्तिमानी आरोही कामिरिता शेर्पाले शुक्रवार २५ औँ पटक सगरमाथा आरोहण गर्नुभएको छ । यो उनको २५ पटक सफल सगरमाथा आरोहण हो । सगरमाथाको नयाँ उचाइ ८ हजार ८ सय ४८ मिटर ८६ सेन्टिमिटर कायम भएपछि सगरमाथा आरोहण गर्ने कामिरिता पहिलो आरोही पनि बन्नुभएको छ ।

सेभेन समिट ट्रेकिङको तर्फबाट चुचुरोमा पुग्ने बाटो बनाउने टोलीको नेतृत्व कामिरिताले गर्नुभएको छ । चौथो शिविरबाट बिहीवार हिँडेको कामिरिताको टोलीले सगरमाथाको टुप्पोमा शुक्रबार साँझ ६ बजे पाइला टेकेको सेभेन समिट ट्रेकिङ कम्पनीले जनाएको छ ।

शेर्पाले आज भन्दा २७ वर्षअघि अर्थात् सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गर्नुभएको थियो । २७ वर्षको अवधिमा २५ पल्ट सगरमाथा चढ्नुभएका कामिरिताले थुप्रै कीर्तिमान बनाउनु भएको छ । शेर्पाले दुई पटक केटू हिमाल, एक पटक ल्होत्से, तीन पटक मनास्लु र आठ पटक चोयु हिमाल आरोहण गर्नुभएको छ । उहाँसँगै आज १२ जना शेर्पा पनि सगरमाथामा पुगेका छन् ।