नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

कोरोना संक्रमण दर बढेपछि ओखलढुङ्गामा पनि निषेधाज्ञा

विएन श्रेष्ठ बैशाख २५, ओखलढुङ्गा ओखलढुङ्गामा आईतवारदेखी निषेधाज्ञा जारी गरिएको छ । शनिवार जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गामा बसेको जिल्ला कोभिड १९ संकट व्यबस्थापन केन्द्र (DCCMC) को निर्णय पश्चात आईतवार राती १२ बजेदेखी ओखलढुङ्गा जिल्ला भर लागू हुनेगरि निषेधाज्ञा जारी गरेको हो ।

आईतवार राति देखी जारी लागू हुने निषेधाज्ञा १५ दिन अर्थात जेठ ९ गते आईतवार राती १२ बजेसम्म लागू हुने शनिवार प्रमुख जिल्ला अधिकारीवाट जारी गरिएको आदेशमा उल्लेख गरिएको छ । DCCMC को निर्णय तथा संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ले को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरि निषेधाज्ञा जारी गरिएको जारी आदेशमा उल्लेख छ ।

आदेश अनुसार निषेधाज्ञा अबधिभर जिल्ला भित्रिने तथा जिल्लाबाट बाहिर जाने एवम् जिल्ला भित्र सञ्चालन हुने सबै सवारी साधनहरु, भेला, तालिम, गोष्ठि, पूजापाठ, जात्रा, महोत्सव, खेलकुद लगायतका कार्यहरु गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाईएको छ । त्यस्तै सबै प्रकारका होटल, रेष्टुरेन्ट, चिया तथा खाजा पसल, हार्डवेयर तथा व्यबसायहरु सञ्चालन गर्न निषेध गरिएको छ ।

जिल्ला भित्र नै एकठाँउ वाट अर्कोठाँउमा आवतजावत गर्नपनि सम्बन्धित वडाको सिफारिस नै आवश्यक पर्नेछ । एक ठाँउवाट अर्कोठाँउमा आएर बस्ने हो भने बस्ने स्थानका वडामा पूर्णरुपमा १४ दिनसम्मक होम क्वारेन्टिन तथा आईशोलेसनको व्यबस्थाको ग्यारेन्टी नभएसम्म सम्बन्धित वडाले समेत यात्राका लागि सिफारिस गर्न पाउने छैनन् । त्यस्तै विवाह तथा मृत्यु संस्कारका कार्यमा समेत १५ जना भन्दा बढि सहभागी हुन पाईने छैन ।

अरु के गर्न पाईन्छ, के गर्न पाईन्न ः