नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

विहिबार ओखलढुङ्गामा थपिए कोरोनाका १० संक्रमित

ओखलढुङ्गान्युज । बैशाख २३, ओखलढुङ्गा । विहिबार ओखलढुङ्गाका कोरोना भाईरसका १० जना संक्रमितहरु थपिएका छन् । विहिबार पछिल्लो २४ घण्टामा थपिएका १० जना मध्ये ३ जना ओखलढुङ्गाका नै हुन भने ७ जना ओखलढुङ्गा घर भएर कामको शिलशिलामा बाहिर जिल्लामा रहेकाहरु हुन् ।

विहिबार थपिएका ३ जना भने खिजिदेम्बा गाउँपालिकाका १ जना र मोलुङ गाउँपालिकाका २ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुङ्गाका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो । विहिबार ३ जना थपिएसँगै ओखलढुङ्गामा नै एन्टिजेन परीक्षण गरि कोरोना भाईरस संक्रमण पुष्टि भएका व्यक्तिहरुको संख्या ९ पुगेको छ । संक्रमितहरु मध्ये दुईजना मात्रै सामुदायीक अस्पताल सोब्रुको आईसोलेसन कक्षमा उपचार गराईरहेका छन् भने ७ जना होम आईसोलेसनमा रहेको पनि जिल्ला स्वास्थ्य प्रमुख तिवारीले जानकारी दिनुभयो ।

जिल्लामा सिद्धिचरण नगरपालिकाले अघोषित रुपमा लकडाउन गरेर होटल पसल तथा बजारहरु बन्द गरेपनि नागरिकहरुको भिड र आवतजावत गर्नेक्रम जारी छ । त्यसैले कोभिड संक्रमणवाट बच्न हामी आफैले सतर्कता अपनाउनु आवश्यक छ ।

बुधबार नै ओखलढुंगाका एक पुरुषको काठमाण्डौंमा ज्यान गएको छ । मृत्यु पश्चात उनको स्वाव परीक्षण गर्दा कोभिड संक्रमण पुष्टि भएको थियो ।