नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

जन्मदिनमा सुमनले दिए स्वास्थ्य र प्रहरी चौकीलाई १ हजार थान मास्क

ओखलढुङ्गान्युज बैशाख २२, ओखलढुङ्गा आफ्नो जन्मदिनको अवसरमा होटल पसलमा गएर भोजभतेरमा हजारौं खर्च गरिरहेको कुरा हामी सबैलाई थाहा छ । भोज भतेर गरेर फजुल खर्चमा रमाउने विकृतिमूलक प्रचलन बढिरहेको समयमा चम्पादेवी गाउँपालिकाका एक युवकले भने सामाजिक काममा खर्च गरेका छन् ।

चम्पादेवी गाउँपालिका वडा नं. १ पलापुका युवक सुमन घिमिरेले जन्मदिनमा फजुल गर्ने पैसालाई बचत गर्दै कोभिड महामारीलाई नियन्त्रण गर्ने कार्यमा खटिएका पलापुका प्रहरी चौकी र स्वास्थ्य चौकीलाई १ हजार मास्क वितरण गरेका छन् । आफ्नो जन्मदिनको अबसर पारेर घिमिरेले बुधबार उक्त मास्क हस्तान्तरण गरेका हुन् ।

जन्मदिनको दिन विभिन्न नाउमा गरिने फजुल खर्चलाई नियन्त्रण गरि सामाजिक क्षेत्रमा लगाउने भावना आएकोले आफुले मास्क किनेर वितरण गरेको घिमिरेले बताए । घिमिरेले उपलब्ध गराएको मास्क प्रहरी चौकी र स्वास्थ्य चौकीलाई पर्याप्त नभएपनि सहयोग भने पक्कै भएको छ । आफुले गर्ने फजुल खर्चलाई नियन्त्रण गरि सामाजिक काममा लगाउन अन्य युवाहरुलाई समेत घिमिरेले आग्रह गरेका छन् ।