नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

बढ्दो कोरोना कहर, बुधबार ५८ को मृत्यु, साढे ८ हजार बढि संक्रमित

ओखलढुङ्गान्युज । बैशाख २२, काठमाण्डौं । भारतमा झै नेपालमा पनि कोरोना भाईरसको संक्रमितको संख्या र संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या बढ्न थालेको छ । बुधबार पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणका कारण ५८ जनाको मृत्यु भएको छ ।

त्यस्तै बुधबार पछिल्लो २४ घण्टामा देशभर साढे ८ हजार अर्थात ८ हजार ६ सय ५९ जना कोरोना भाईरस संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार पछिल्लो २४ घण्टामा देशभर २० हजार ७ सय ५७ जनाको पिसिआर परीक्षण गर्दा ८ हजार ६ सय ५ र ६ सय १६ जनाको एन्टिजेन परीक्षण गर्दा ५४  जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

मन्त्रालयका अनुसार नेपालमा बुधबारसम्म कूल सक्रिय संक्रमितको संख्या ६६ हजार ३ सय ५२ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ६१ हजार ५ सय ८८ जना होम आइसोलेसनमा छन् भने ४ हजार ७ सय ६४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।