नेपाली समय Loading...२०८१ बैशाख १८ मंगलवार

नेपालमा एकैदिन ७ हजार ६६० जनामा कोरोना संक्रमण, ५५ को मृत्यु

ओखलढुङ्गान्युज । बैशाख २१, काठमाण्डौं । नेपालमा सरकारी निकायको तयारी प्रायः धिमागतिमा हुदै गर्दा कोरोना संक्रमण तथा महामारीले उग्ररुप लिन थालेको छ । मंगलबार पछिल्लो २४ घण्टामा मात्रै नेपालमा ५५ जना कोरोना भाईरस संक्रमितहरुको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमण नेपालमा समेत देखा पर्न थालेपछि एकैदिन मृत्युहुनेको संख्या यो धेरै हो । योसँगै नेपालमा कोरोना भाईरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ४ सय १७ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गएको २४ घण्टामा ७ हजार ६ सय ६० जनामा नयाँ संक्रमण पुष्टि भएको छ ।

मंगलवार पछिल्लो २४ घण्टामा देशभर १६ हजार ७ सय २ जनाको पीसीआर परीक्षण गर्दा ७ हजार ५ सय ८७ र ५ सय ७१ जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कूल संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ ।

सक्रिय संक्रमितको संख्या ५९ हजार ७ सय ९८ पुगेको छ। जसमध्ये ५५ हजार ५ सय २० जना होम आइसोलेसनमा छन् भने ४ हजार २ सय ७८ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।