नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

पछिल्लो २४ घण्टामा थपिए ७४ सय ४८ कोरोना संक्रमित, प्रदेश १ मा ६ सय ७

ओखलढुङ्गान्युज बैशाख २०, काठमाण्डौं पछिल्लो २४ घण्टामा देशभर ७ हजार ४ सय ४८ जना कोरोना भाईरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६ सय ५८ जनाको पीसीआर परीक्षण गर्दा सात हजार ३ सय ८८ जना र ५ सय १८ जनाको एन्टिजेन परीक्षणमा ६० जना गरी सात हजार ४ सय ४८ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना भाईरस संक्रमित हुनेको संख्या दिनानुदिन बढ्दै जादा नेपालमा कोरोना भाईरस संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि दिनानुदिन बढ्न थालेको छ । संक्रमित मृतकहरुको संख्या बढेसँगै शब व्यबस्थापनमा समस्या हुन थालेको छ । तर सरकार भने कुनै तयारी नगरी थाहा नपाए झै गरिरहेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट देशभार ३७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शोमबार यो संख्या थपिएसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको कुल संख्या पनि तीन हजार ३ सय ६२ पुगेको छ ।

शोमबार नयाँ संक्रमित थपिएसँगै नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या तीन लाख ४३ हजार ४ सय १८ पुगेको छ । जसमध्ये ५४ हजार ४१ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये ५० हजार १७२ जना होम आइसोलेसनमा र तीन हजार ८६९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै उपचाररत संक्रमितमध्ये ५ सय ७८ जना आईसीयूमा र १ सय ४२ जना भेन्टिलेटरमा उपचार गराईरहेका छन् ।

त्यस्तै प्रदेश १ मा पनि शोमबार २७७ महिला र ३३० पुरुष गरि ६ सय ७ जना कोरोना संक्रमित थपिएका सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३३ हजार ९ सय ४१ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार ७९ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या पनि प्रदेश नं. १ मा ३ हजार ३ सय ५७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९ वर्ष मुनिका १ सय ५६ जना बालबालिका र १० देखि १९ वर्ष मुनिका ४ सय २९ जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।