नेपाली समय Loading...२०८१ बैशाख १८ मंगलवार

रोकियो १२ औं राष्ट्रिय जनगणना, अब कहिले होला ?

ओखलढुङ्गान्युज । बैशाख २०, काठमाण्डौं । आउदो जेठ २५ देखी सुरुवात हुन लागेको १२ औं राष्ट्रिय जनगणनाको काम अनिश्चित कालका लागि स्थगित भएको छ । आईतवार बसेको मन्त्रिपरिषदको निर्णयले १२ औं राष्ट्रिय जनगणना स्थगित गर्ने निर्णय गरेको हो ।

देशमा बढ्दो क्रममा रहेको कोरोना भाईरस संक्रमण महामारीलाई लिएर आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले जनगणनाको कार्य अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङफेले जानकारी दिनुभयो । केहि समय अगाडी सार्वजनिक सूचना अनुसार कोभिडका कारण अरु सबै काम रोकिएपनि जनगणना सम्बन्धिको कार्य बिनारोकतोक गराउन र त्यसका लागि आवश्यक सहजीकरण गर्न गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन जारी गरेको थियो ।

तर पछिल्ला दिनमा देशमा कोरोना भाइरस संक्रमितहरुको संख्या ह्वात्तै बढेपछि शोमबार संम्म सरकारले आंशिक र पूरै गरि ४१ ओटा जिल्लामा निषेधाज्ञा जारी गरेको छ । १२ औँ जनगणना आगामी जेठ २५ गतेदेखि असार ८ गतेसम्म गर्ने तयारी थियो ।