नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

ओखलढुङ्गामा थपिए कोरोनाका संक्रमित

ओखलढुङ्गान्युज । बैशाख २०, ओखलढुङ्गा । आईतवार ओखलढुङ्गामा कोरोना भाईरसका एक जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै कोभिडको दोश्रो चरण सुरुभएसँगै ओखलढुङ्गामा कोरोना भाईरस संक्रमित हुनेहरुको संख्या पुगेको छ ।

आईतवार कोरोना भाईरस संक्रमण पुष्टि भएकामा जिल्ला सदरमुकाम स्थित एक सरकारी कार्यालयका कर्मचारीको परिवार रहेको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो । यस अगाडी ओखलढुङ्गामा सरकारी कार्यालयका कर्मचारी १, मोलुङ गाउँपालिकाका १ र खिजिदेम्बा गाउँपालिकाका १ गरि तिन जना संक्रमित रहेका थिए । त्यस्तै सोलुखुम्बुका १ जना महिलाको समेत ओखलढुङ्गावाट नै स्वाव परीक्षण गर्दा पोजेटिभ आएको थियो ।

कोभिड संक्रमित भएकाहरुको उपचारका लागि जिल्लामा खासै तयारी नहुदा संक्रमित सबै अहिले होम क्वारेन्टीनमा रहेका छन् । जिल्लामा पछिल्लो चरणमा संक्रमितहरु देखिन थालेपनि जिल्लाका सरोकारवाला निकायले जिल्ला अस्पतालमा तथा स्थानीय सरकारले कुनैपनि तयारी नगरेको भन्दै सर्बसाधारणहरु भने आक्रोसित बनेका छन् ।