नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

ओखलढुङ्गामा अब तरकारी बजार मात्रै सञ्चालन गर्न पाईने

ओखलढुङ्गान्युज । बैशाख २०, ओखलढुङ्गा । पछिल्लो समय ओखलढुङ्गामा पनि कोरोना भाईरस संक्रमितहरु बढ्न थालेपछि जिल्ला तथा स्थानीय हाटवजार लाग्न कडाई गरिएको छ । कोरोना संक्रमणको जोखिम बढेपछि जिल्लाका विभिन्न स्थानमा लाग्ने हटिया वजारलाई कडाई गरिएको हो ।

शनिवार ओखलढुङ्गामा बसेको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (DCCMC)को भर्चुअल बैठकले जिल्लामा कोभिड संक्रमणको जोखिम बढेको भन्दै तरकारी तथा फलफुल जन्य बस्तु मात्रै राखेर किनबेच गर्न पाईने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले जनाएको छ । DCCMC को निर्णय अनुसार अब ओखलढुङ्गाका विभिन्न स्थानमा लाग्ने शोमबारे, मंगलवारे, बुधबारे, विहिबारे, शुक्रबारे तथा शनिवारे हटियामा तरकारी जन्य वस्तु मात्र राखेर कारोबार गर्न दिईने निर्णय भएको पनि प्रशासनले जनाएको छ ।

DCCMC को यो निर्णय जिल्लाका सबै स्थानमा लाग्ने हटियाहरुमा लागू हुनेछ । हटिया लाग्ने स्थानमा धेरै मानिसहरुको भिडभाड हुने भएकोले स्थायी रुपमा बसेर ब्यवसाय गर्ने फलफुल तथा तरकारी व्यवासयीलाई पनि सोही अनुसार नै व्यवस्थापन गर्न निर्णय भएको प्रशासनले जनाएको छ ।अब फलफुल र तरकारी बाहेक अरु चिज हटिया बजारमा लैजान र कारोबार गर्न पाईने छैन । यस अगाडी देशभर कोरोनाको संक्रमण बढ्दै गर्दा पनि नागरिकहरुले सुरक्षा सतर्कता नगरेको र भिडभाड पनि उत्तिकै बढेको गुनासो आएको थियो ।

शनिवार बसेको म्ऋऋःऋ को निर्णयको बारेमा आईतवार जिल्ला प्रशासन कार्यालयबाट आदेश समेत जारी भएको छ । पछिल्लो समयमा ओखलढुङ्गा जिल्लामा पनि धमाधम संक्रमित भेटीन थालेपछि जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (DCCMC) ले यस्तो निर्णय गरेको हो । कोभिड संक्रमणबाट बच्नका लागि सिद्धिचरण नगरपालिका र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले संयुक्त रुपमा ‘तपाईको मास्क खै ?’ अभियान पनि सञ्चालन गरिरहेको छ ।