नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

पार्टी भित्र भएको कुनै पनि निरंकुशता स्विकार्य हुन्न ः कांग्रेस नेता कोईराला

ओखलढुङ्गान्युज बैशाख १८, विराटनगर नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले निरंकुशता अन्त्य गर्न स्थापित भएको पार्टीभित्रको निरंकुशता स्विकार गर्न नसकिने बताएका छन् । शनिबार विराटनगरस्थित कोईराला निवासमा पार्टीमा नव प्रवेशीहरुलाई स्वागत गर्दै कोइरालाले यस्तो बताएका हुन् ।

नव प्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै कोईरालालले भने, “नेपाली कांग्रेस निरंकुशता अन्त्य गरी लोकतन्त्र स्थापना गर्न बनेको पार्टी हो । त्यसैले पार्टीभित्रको निरंकुशता पनि कुनै हालतमा स्वीकार्य हुन सक्दैन ।” लोकतन्त्रको जगेर्ना नै कांग्रेसले गर्ने हो भन्ने विश्वास जनतामा आएको र अब देशलाई केही गर्न सक्छ भने कांग्रेसले नै गर्न सक्ने कोईरालाले बताए ।

राजनीति राजधानीको रुपमा मोरङको साख फर्कनु पर्छ भन्ने आवश्यकता महसुस हुन थालेको बताउँदै उनले यो विचार काठमाडौको पनि आवाज बन्ने दाबी गरे । कोइरालाले भने, “अब मोरङको साख फर्कने छ भन्ने मेरो विश्वास छ ।”

नवप्रवेशीको तर्फबाट बोल्दै राजन छाराहाङले अबको देशको राजनीतिक परिवेशलाई निकास कांग्रेसले मात्र दिन सक्ने बुझेरै पार्टीमा आएको सुनाए । नेपाली कांग्रेस विराटनगर महानगर समितिका सभापति तथा मेयर भीम पराजुलीले कांग्रेसको लोकतान्त्रिक सिद्धान्तलाई आत्मसात गर्दै देशका विद्यमान समस्यालाई निकास दिइनुपर्ने बताए ।

कांग्रेस १ नम्बर प्रदेश संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले अहिले स्वार्थको राजनीतिक अधिक बढेकोले सिद्धान्तको महत्व झन् चुलिएर गएको बताए । कार्कीले भने, “पार्टीमा गई चांडै फाइदा लिईहाल्छु भन्दा पनि योगदान दिन सक्छु भन्ने नेतृत्वको सबैतिर खड्किएको छ ।” कार्कीले पार्टीलाई जीवित राख्न सिद्धान्तलाई लिएर अघि बढ्नु पर्ने बेला आएको बताए ।