नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

शुक्रबार ५७ सय २७ मा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

ओखलढुङ्गान्युज बैशाख १७, काठमाण्डौं शुक्रबार पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ७ सय २७ जना कोरोना भाईरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उक्त कुराको जानकारी गराईएको हो ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा १५ हजार ३ सय ९१ जनाको पिसिआर र ५ सय २५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा पाँच हजार ७ सय २७ जना संक्रमित भेटिएका हुन् । शुक्रवारको संख्या नेपालमा एकैदिन भेटिएको कोरोना संक्रमित भएका व्यक्तिको अहिलेसम्मकै उच्च संख्या हो ।

शुक्रबार यो संख्यामा थपिएसँगै नेपालमा कोरोना भाईरस संक्रमित हुनेको सख्या तीन लाख २३ हजार १ सय ८७ पुगेको छ। हाल नेपालमा सक्रिय संक्रमितको सख्ंया ३८ हजार ८ सय १३ पुगेको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शुक्रबार ३३ जनाले कोरोना संक्रमण कै कारण ज्यान गुमाएका छन् । विहिबार भने ३५ जना कोरोना भाईरस संक्रमितको मृत्यु भएको थियो ।