नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

नेपालमा विहिबार कोरोना संक्रमणबाट ३५ को मृत्यु

ओखलढुङ्गान्युज । बैशाख १६, काठमाण्डौं । पछिल्ला दिनमा नेपालमा कोरोना भाईरस संक्रमण र मृत्युदरले भयावह रुप लिन लागेको छ । कोरोना भाईरस संक्रमणले भयावह रुप लिदै गर्दा विहिबार पछिल्लो २४ घण्टामा मात्रै ३५ जनाको मृत्यु भएको छ ।

विहिबार पछिल्लो २४ घण्टामा नेपालमा १२ हजार ५ सय ९७ जनामा पिसिआर परीक्षण गरिएकोमा ४ हजार ८ सय ३१ जना र ९ सय ६३ जनामा एन्टिजेन परीक्षण गर्दा ९७ जनामा गरी जम्मा ४ हजार ९ सय २८ जनामा संक्रमण पुष्टि पनि भएको छ । योसँगै नेपालमा कोरोना भाईरस संक्रमित हुनेको संख्या ३ लाख १७ हजार ५ सय ३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ सय ८८ जनाले कोरोना जितेसँगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ८० हजार १ सय ६७ जना पुगेको छ । विहिबारसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ४६ पुगेको छ । विहिबार नयाँ संख्या थपिएसँगै सक्रिय कोरोना संक्रमितको संख्या ३४ हजार १ सय १७ रहेको मन्त्रालयले जनाएको छ।