नेपाली समय Loading...२०८१ बैशाख २५ मंगलवार

२४ घण्टामा थपिए साँढे चार हजार कोरोना संक्रमित, थप १८ जनाको ज्यान गयो

ओखलढुङ्गान्युज । १४ बैशाख, काठमाण्डौं ।  मंगलबार नेपालमा साढे ४ हजार कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ५ सय २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

१४ हजार ६ सय ७२ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ३ सय ६४ र १ हजार ९ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ६० जना गरी कुल ४ हजार ५ सय २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या तीन लाख सात हजार नौ सय २५ पुगेको छ ।

कोरोना भाईरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप १८ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा १२ जनासहित थप १८ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ३ हजार १ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलवार सम्म नेपालमा २६ हजार २ सय २५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।