नेपाली समय Loading...२०८१ बैशाख २५ मंगलवार

काठमाण्डौं उपत्यका सहित ९ जिल्लामा कडा निषेधाज्ञा

ओखलढुङ्गान्युज । १४ बैशाख, ओखलढुङ्गा । नेपाल सरकारले उपत्यका सहित देशभरका ९ जिल्लामा लकडाउन गर्ने निर्णय गरेको छ । शोमबार बसेको मन्त्रिपरिषदको बैठकले उपत्यकाका तिनओटै जिल्लामा बैशाख १६ देखी १ हप्ता लकडाउन गर्ने निर्णय गरेको थियो ।

तर  शोमबार नै बसेको उपत्यकाका तिनओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले मन्त्रिपरिषदको निर्णय अनुसार थप लकडाउनको घोषणा गर्दै लकडाउन बैशाख १६ देखी मसान्त सम्म थप गर्ने निर्णय गरेको हो । यसअघि मन्त्रिपरिषदले बैशाख २३ सम्म उपत्यकाका तिनओटै जिल्लामा लकडाउन गर्ने घोषणा गरेको थियो ।

सरकारको निर्णय अनुसार कोभिड–१९ को अवस्था हेरेर लकडाउनको अवधी थपघट हुनसक्नेछ । यस्तै सरकारले शोमबार बसेको बैठकले कोरोना नियन्त्रणका लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० ले गरेका सिफारिसलाई परिमार्जनसहित पारित गरेको छ ।

बैठकले सीसीएमसीले बैशाख १५ गतेदेखि आन्तरिक हवाई उडान रोक्न सिफारिस गरे पनि तत्काललाई आन्तरिक उडान नरोक्ने निर्णय गरेको छ । मन्त्रिपरिषदले सीसीएमसीले सिफारिस गरे बमोजिम सबै प्रकारका परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।

त्यस्तै मन्त्रिपरिषदले सीसीएमसीको सिफारिश अनुसार शहरी क्षेत्रमा ५०० भन्दा बढी र पहाडी क्षेत्रमा २०० भन्दा बढी सक्रिय संक्रमित भएमा निषेधाज्ञा लगाउनुपर्ने सिफारिसलाई पारित गरेको छ । सोहि निर्णय अनुसार कोभिड संक्रमण दर उच्च रहेका जिल्लाहरु बाँके, बर्दिया, सुर्खेत, मोरङ लगायतका जिल्लामा पनि कडा लकडाउनको घोषणा गरेको छ ।