नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

आईतवार प्रदेश १ मा थपिए १२२ कोरोनाका संक्रमित

ओखलढुङ्गान्युज १३ बैशाख, विराटनगर आईतवार प्रदेश १ मा १२२ जना कोरोना संक्रमित थपिएका छन् । देशव्यापी रुपमा कोरोना भाईरस संक्रमणको महामारी फैलिरहेको बेला प्रदेश नं. १ मापनि संक्रमणको दर बढ्दो क्रममा रहेको छ ।

सामाजिक विकास मन्त्रालयलेका अनुसार आईतवार थपिएका संक्रमितहरुमा मोरंगमा ८४ जना, सुनसरीमा १५ जना, झापामा ५ जना, संखुवासभामा ४ जना, धनकुटा, खोटाङ, इलाम, पाँचथर र ताप्लेजुङमा १–१ जना र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको छ । पछिल्लो दिनमा प्रदेश नं. १ को विराटनगर कोराना भाईरस संक्रमणको हटस्पट बनेको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या आईतवार ३१ हजार ४ सय ४४ पुगेको छ । संक्रमित मध्ये २९ हजार ९ सय ५४ जना संक्रमणमुक्त भएका छन् । आईतवार थपिएपछि अहिले कोरोना भाईरसका १ हजार १० जना सक्रिय संक्रमित पुगेका छन् ।

आईतवार ४४१ जनाको पीसीआर परीक्षण गरिएकोमा ३६ महिला र ८६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।