नेपाली समय Loading...२०८१ बैशाख २५ मंगलवार

भारतमा कोरोना संक्रमण र मृतकको संख्यामा नयाँ रेकर्ड

ओखलढुङ्गान्युज, ११ बैशाख काठमाण्डौं कोरोना भाईरस संक्रमण हुने दर र संक्रमितको मृत्यु हुने दरले भारतमा नयाँ रेकर्ड कायम गरेको छ । तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाईरसका नयाँ ३ लाख ४५ हजार संक्रमित थपिएका छन् । त्यस्तै यहि अबधिमा भारतमा कोरोना संक्रमणका कारण २ हजार ६ सय २१ जनाको मृत्यु भएको छ ।

भारतमा शुक्रबार बिहान सार्वजनिक गरिएको तथ्यांकमा वितेको को २४ घण्टामा ३ लाख ३२ हजारभन्दा बढीमा संक्रमण देखिएको थियो । त्यसैगरी सोही अवधिमा २ हजार २ सय ६३ जनाको ज्यान गएको थियो।

शनिवार विहानसम्ममा भारतमा कोरोना भाईरस संक्रमणका कारण १ करोड ६६ लाखभन्दा बढी व्यक्ति संक्रमित हुन पुगेका बताइएको छ । त्यसैगरी भारतमा यो संक्रमणबाट मात्र एक लाख ८९ हजारभन्दा बढी व्यक्तिको निधन भइसकेको छ ।

भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । उक्त समयबाट अहिलेसम्म भारतमा १३ करोड ५४ लाख ७८ हजार भन्दा बढी व्यक्तिले खोप लगाएका छन् ।