नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

पूर्व राष्ट्रपति यादव ओखलढुङ्गा आउदै

ओखलढुङ्गान्युज, १० बैशाख । ओखलढुङ्गा । नेपालका प्रथम राष्ट्रपति रामवरण यादव आज (शुक्रबार) ओखलढुङ्गा आउनुहुने भएको छ । ओखलढुङ्गा जिल्लाको मानेभञ्ज्याङ्ग गाउँपालिकाको मुकाममा रहेको भगवती मावि मानेभञ्याङ्गको स्वर्ण जयन्तीलाई सम्बोधन गर्न पूर्व राष्ट्रपति यादव आज ओखलढुङ्गा आउन लाग्नु भएको हो ।

गत हप्तादेखी विद्यालयले आफ्नो स्थापना दिवस ६० वर्षमा प्रबेश गरेको अवसरमा विभिन्न कार्यक्रमहरुका साथ मनाई रहेको छ । स्वर्ण महोत्सव मनाउने क्रममा विहिवार प्रदेश नं. १ कातिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले सम्बोधन गर्नु भएको थियो ।

गत वैशाख ६ गते बसेको मन्त्रि परिषद निर्णयको परिपत्र अनुसार ओखलढुङ्गामा पनि बुधबार बसेको कोभिड १९ संकट व्यबस्थापन केन्द्र (DCCMC) को बैठकले जिल्लामा होटल, पसल तथा कामको शिलशिलामा आवतजावत गर्नेहरुको लागि मास्क प्रयोगमा अनिवार्य गरेको छ । त्यस्तै कुनैपनि कार्यक्रम, भेला, सम्मेलन, गोष्ठि गर्दा २५ जना भन्दा माथिको सहभागीता नगर्ने निर्णय गरेको थियो ।

DCCMC का पदाधिकारीहरु आफैले गरेको निर्णयलाई आर्फले लत्याउदै मानेभञ्ज्याङ्गमा भने विशिष्ट पाहुनाहरुको उपस्थितीमा ठूलो कार्यक्रम गर्न लागेको हो । जिल्ला सदरमुकाममा भने जिल्ला प्रहरीको सहयोगमा सिद्धिचरण नगर प्रहरीले चोक चोकमा बसी मास्क नलगाई हिड्नेलाई मास्क अनिवार्य लगाउन सचेत गराएको छ ।